
अर्घाखाँची । चार दिनदेखि पहिरोको कारण अवरुद्ध भएको गोरूसिङगे–सन्धिखर्क सडकखण्ड अझै संचालनमा आउन सकेको छैन ।
करिव एक सय पचास मिटर माथीको पहाडबाट खसेको पहिरोले सडक अवरुद्व भएको हो ।
दुई वटा स्काबेटर प्रयोग गरि पहिरो हटाउने काम जारी रहेपनि सडक सुचारु गर्न केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिएका छन् ।
जिल्लाको मुख्य सडक नै अवरुद्ध भएपछि एम्बुलेन्स सहित मानिस आवतजावत गर्न पनि ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस्