२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जर्मनीमा लुटपाट मच्चियोः प्रहरीमाथि शिशा प्रहार, गाडीमा तोडफोड र आगजनी


0
Shares

काठमाडौं । जर्मनीमा हुल्याहाहरुको एक समूहले विभिन्न स्टुटगार्ट शहरका पसलहरुमा तोडफोड गरी लुटपाट मचाएका छन् ।

जर्मन प्रहरीले लागू पदार्थबारे सोधपुछका क्रममा आक्रोशित बनेको हुल्याहाहरुको समूहले प्रहरीको गाडीमाथि तोडफोड र आगजनी गर्नुका साथै हिरा र मोबाइल पसलबाट सामानहरु लुटेका छन् ।

उक्त समूहले प्रहरीमाथि फुटेका शिशाहरुले प्रहार गर्नुका साथै जथाभावी रुपमा ढुंगामुढा समेत गर्दा केही प्रहरी घाइते भएका छन् ।

मास्क र टाउको छोप्ने कपडा लगाएका समूहका २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ जसमा केही जर्मन नागरिक छन् भने केही गैर जर्मन भएको बुझिएको छ ।

रातको समयमा घटना भएकाले बन्द गरिएका पसलहरु तोडफोड गरिएको हो । प्रहरीको दर्जनौं गाडीहरु ध्वस्त भएका छन् भने लाखौं डलर बराबरको सामान लुटिएका छन् ।(एजेन्सी)