 
	    काठमाडौं, असार ७ । सुन चाँदीको भाउ उकालो लागेर उचाईको नयाँ रेकर्ड कायह हुने क्रम आइतबार पनि जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ६ सयको नयाँ उचाई कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार १ सयले उकालो लागेर ८९ हजार ९ सय कायम भएको थियो ।
चाँदीको भाउ पनि १० रुपैयाँले उकालो लागेर ९ सय ४० कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १७ सय ५३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्