३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


चितवनमा मकैबारीभित्र एक पुरुषको शव फेला


0
Shares

विकास पौडेल

चितवन, जेठ ८ । चितवनको भरतपुरमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतभन्ने स्थानमा मकैबारीभित्र एक पुरुषको शव फेला परेको हो । मकैबारीमा दुर्गन्ध आएपछि स्थानीयले हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मकैबारीभित्र अन्दाजी ४०–४५ बर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको पहिचान नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शव सडेकोले सनाखतमा समस्या भएको छ । शवको पोस्टमार्टम पश्चातमात्रै घटनाको बारेमा थप जानकारी आउने प्रहरीले बताएको छ ।