
sf7df8f}F, & c;f/M
;"o{u|x0f
sf7df8f}Fsf] :joDe"af6 cfOtaf/ b]lvPsf] ;"o{u|x0f . tl:a/M k|bLk/fh jGt÷ /f;;
काठमाडौं, असार ७ । आइतबार सूर्यग्रहण लागेको हो ।
नेपालमा बिहान १० बजेर ५० मिनेटमा सुरु भएको सूर्यग्रहणको प्रभाव अपरान्ह २ बजेर २३ मिनेटसम्म रहेको थियो ।
मध्यान्ह १२ बजेर ३८ मिनेट जाँदा सूर्यको करिब ८८ प्रतिशत भाग ढाकिएको थियो ।
नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिएको थियो ।
कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देखिएको थियो ।
नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्