अभिनेत्री निरिशा बस्नेत कोरोना मुक्त • Image Khabar Image Khabar


अभिनेत्री निरिशा बस्नेत कोरोना मुक्त


Imagekhabar
७ असार २०७७, आईतवार १२:५७

अभिनेत्री निरिशा बस्नेत कोरोना मुक्त

काठमाडौं । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।

उनका पिता एवं अभिनेता विश्व बस्नेतका अनुसार छोरीले कोरोना जितेर शुक्रबार बेलुका अस्पतालबाट डिस्चार्ज भएकी छन् । बस्नेतले शनिबार फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको बताएका हुन ।

विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् ।

त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् ।

आफूसँगै बस्ने साथीमा कोरोना पोजेटिभ पाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना संक्रमित देखिएको उनले दुई साताअघि नै इन्स्टाग्राममार्फत बताएकी थिइन् ।

निरिशाले नेपाली चलचित्र ‘जानी नजानी’ मुख्य नायिकाको रूपमा गत वर्ष अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्