पाकिस्तानमा सरकारी कर्मचारी सवार बसमा विस्फोट • Image Khabar Image Khabar


पाकिस्तानमा सरकारी कर्मचारी सवार बसमा विस्फोट


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०४:५८

पाकिस्तानमा सरकारी कर्मचारी सवार बसमा विस्फोट

इस्लामावाद, चैत ३ । पाकिस्तानमा बुधबार सरकारी कर्मचारी सवार एउटा बसमा विस्फोट भएको छ । पेशावरमा भएकमो सो विस्फोटमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार विस्फोटबाट अन्य २५ जना घाइते भएका छन् ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अधिकारीहरुका अनुसार बस मै विस्फोटक पदार्थ राखिएको थियो । ‘बसमै रहेको विस्फोटक पदार्थ विस्फोट भएको हो,’ एक अधिकारीले भने । यद्यपी सो विस्फोटमा कसको संलग्नता थियो भन्ने प्रष्ट भइसकेको छैन । सो हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो घटनाको निन्दा गरेका छन् । उनले यस्ता हमलाले आतंकवादविरुद्ध पाकिस्तानको कारवाहीलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।

उनले मृतकका परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्