संसद नियमावली मस्यौदामाथि विस्तृत छलफल गरिने • Image Khabar Image Khabar


संसद नियमावली मस्यौदामाथि विस्तृत छलफल गरिने


Imagekhabar
३ चैत्र २०७२, बुधबार १०:००

संसद नियमावली मस्यौदामाथि विस्तृत छलफल गरिने

काठमाडौं, चैत ३ । व्यवस्थापिका–संसद नियमावली मस्यौदामाथि मस्यौदा समितिले विस्तृत छलफल गर्ने भएको छ ।

समितिका सभापति राधेश्याम अधिकारीको सभापतित्वमा बुधबार बसेको बैठकले संसदको प्रभावकारी सन्चालनका लागि बनाउने नियमावलीबारे विस्तृत छलफल आवश्यक भएकोमा जोड दिएको हो ।

समितिका सभापति अधिकारीले चार दिनसम्म व्यवस्थापिका–संसद नियमावली मस्यौदा उपसमितिले तयार गरेको मस्यौदामाथि विस्तृत छलफल गरिने बताए ।

बैठकमा सांसदहरुले नयाँ नियमावली नबनेका कारण संसदको काम–कारबाही प्रभावित हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्