Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


चितवन फेशन नाईटको अडिसन सकियो


0
Shares

चितवन, चैत ४ । नयाँ वर्षको अवसर पारी हुन लागेको चितवन फेशन नाईटको अडिसन बुधबार भरतपुरमा सम्पन्न भएको छ ।

रोयल सेञ्चुरी होटलमा भएको अडिसन राउण्डमा १६ जना युवा युवतीहरुले सहभागिता जनाएका थिए ।

अडिसनबाट छनौट हुनेहरु आउँदो चैत्र ३० गते पर्यटकिय नगरी सौराहास्थित होटेल सेभेन स्टारमा हुने फेसन नाईटमा सहभागिता जनाउन पाउने आयोजक सुत्र मोडलिङ एण्ड आर्ट क्रेशनका प्रमुख एवंम इभेन्ट म्यानेजर सुवास श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रमको बीएफटि सह–आयोजनामा हुन लागेको हो । यो फेसन शो मा चितवनका मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवा र युवतीहरुलाई सहयोग पुग्ने विश्वास लिएको छ ।

अडिसनको निर्णायकहरुमा इभेन्ट म्यानेजर मोडेल सुवास श्रेष्ठ, डिजाईनर विनु लामा, मोडेल अर्जुन केसी, सुधा रानाभाट, राकेश श्रेष्ठ र रंग पत्रकार राजु चौधरी रहेका थिए ।

अडिसन राउण्डमा छनौट भएकाहरुलाई कार्यक्रम हुनु अगावै एक साता चर्चित कोरियोग्राफरद्धारा प्रशिक्षण गराईने इभेन्ट म्यानेजर श्रेष्ठले जानकारी दिए ।