नेपाल फर्कने तयारीमा रहेका युवाको साउदीमा मृत्यु • Image Khabar Image Khabar


नेपाल फर्कने तयारीमा रहेका युवाको साउदीमा मृत्यु


Imagekhabar
४ चैत्र २०७२, बिहीबार ०८:५२

नेपाल फर्कने तयारीमा रहेका युवाको साउदीमा मृत्यु

दमाम (साउदी अरब), चैत ४ । स्वदेश फर्कने तयारीमा रहेका एक नेपाली युवाको साउदी अरबमा ज्यान गएको छ ।

कोठाभित्रै लडेर टाउकोमा गम्भीर चोट लागेका दाङ, पुरनधारा–५ का ३७ वर्षीय प्रेमबहादुर वलीको उपचारकाक्रममा बुधबार ज्यान गएको हो ।

काममा गएका साथीहरु साँझ फर्केर कोठामा आउँदा उनी कोठाभित्रै लडेको अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकैक्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्त मानदेवी केसीले बताइन् ।

वलीको शव अहिले इस्टर्न अस्पताल खोबारमा राखिएको र उनको घरपरिवारलाई जानकारी गराइएको केसीले बताइन् ।

पायल्स रोगले ग्रस्त बनेका वलीले एक महिनाअघि पायल्सको शल्यक्रिया गरेका थिए । पायल्सको शल्यक्रियापछि पनि वलीलाई निको नभएपछि कोठामै थला परेका थिए ।

उनी ६ वर्षदेखि दमामको सनैयास्थित अल रसिद कम्पनीमा कार्यालय सहयोगीकारुपमा कार्यरत थिए ।

मृतक वलीको परिवारमा बृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

उनी तीन महिनापछि स्वदेश फर्कने तयारीमा रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्