दिल्लीबाट काठमाडौं आउन लागेको विमानमा बम नरहेको पुष्टि • Image Khabar Image Khabar


दिल्लीबाट काठमाडौं आउन लागेको विमानमा बम नरहेको पुष्टि


Imagekhabar
४ चैत्र २०७२, बिहीबार १०:३७

दिल्लीबाट काठमाडौं आउन लागेको विमानमा बम नरहेको पुष्टि

काठमाडौं, चैत ४ । नयाँ दिल्लीबाट काठमाडौंतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा बम रहेको हल्ला निराधार पुष्टि भएको छ ।

इन्दिरा गान्धी विमानस्थलबाट विहीबार दिउँसो उडान भर्ने तयारीमा रहेको ‘आर ए २०६’ नम्बरको विमानमा बम रहेको हल्ला चलेपछि एकाएक उडान स्थगित गरी खानतलासी गरिएको थियो । सुरक्षा जाँचबाट कुनैपनि वस्तु फेला नपरेको पुष्टि भएको हो ।

१ सय ५६ यात्रुसहित उडानका लागि अघि बढिसकेको बेला विमानमा बम रहेको हल्ला चलेपछि रोकेर यात्रुहरुलाई ओरालिएको थियो ।

त्यसपछि कुकुरहरुसतिको बम डिस्पोजल टोलीले विमान नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

खानतलासीबाट कुनै वस्तु फेला नपरेपछि विमानलाई उडान अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्