सरकारी मापदन्ड लागू नगरे निजी विद्यालयहरुको अनुमति रद्द गर्ने चेतावनी • Image Khabar Image Khabar


सरकारी मापदन्ड लागू नगरे निजी विद्यालयहरुको अनुमति रद्द गर्ने चेतावनी


Imagekhabar
४ चैत्र २०७२, बिहीबार ११:००

सरकारी मापदन्ड लागू नगरे निजी विद्यालयहरुको अनुमति रद्द गर्ने चेतावनी

काठमाडौं, चैत ४ । विद्यालय क्षेत्रलाई व्यवस्थित गर्नका लागि अघि सारेको मापदन्ड पूरा नगरे निजी विद्यालयहरुको अनुमति रद्द गर्ने चेतावनी शिक्षा मन्त्रालयका अधिकारीहरुले दिएका छन् ।

शिक्षा पत्रकार सञ्जालले विहीबार राजधानीमा गरेको कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बैकुण्ठ दवाडीले मापदन्ड लागू नगरे विद्यालय बन्द गरिने बताए ।

कार्यक्रममा निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भूकम्पले तहननहस बनाएको अवस्थामा सरकारले अघि सारेको मापदन्ड पूरा गर्न नसक्ने बताए ।

तर, अभिभावक सघंका अध्यक्ष सुप्रभात भण्डारीले भने सरकारी नियम लागू नगरे अभिभावकहरु आन्दोलमा उत्रने बताए ।

शिक्षा मन्त्रालयले निजी विद्यालयहरुले अभिभावकहरुको भेलाको दुई तिहाइबाट शुल्क निर्धारण गर्नुपर्ने, तीन वर्षभित्र भूकम्पप्रतिरोधी भवन बनाउनुपर्ने, अपांगमैत्री विद्यालय संरचना हुनुपर्ने, पर्याप्त खेल्ने ठाउँसहितको विद्यालय ‘कम्पाउन्ड’ हुनुपर्नेलगायतका प्रावधान लागू गर्नुपर्ने नियम अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्