Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


सार्क शिखर सम्मेलनमा स्वराजलाई पाकिस्तानको निम्तो


0
Shares

पोखरा, चैत ४ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ३७औं मन्त्रिपरिषद बैठकका अवसरमा पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी आगामी नोभेम्बरमा पाकिस्तानमा हुने १९औं सार्क शिखर सम्मेलनका लागि निम्ता दिएका छन् ।

सार्क स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ । आगामी शिखर सम्मेलन नोभेम्बरमा पाकिस्तानमा गरिने छ ।

बैठक जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सन्चार प्रविधिलगायत विषयमा केन्द्रित छ ।

भारतीय विदेशमन्त्री स्वराज र मालदिभ्सका विदेशमन्त्री डुन्पा मौमुनबीच पनि विहीबारै भेटघाट भएको छ । रासस