१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, चैत ४ । साताको अन्तिम दिन विहीबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । कारोबार पनि झन्डै अर्ब बराबरको उच्च रह्यो ।

यसदिन बजार परिसूचक नेप्से झन्डै ११ अंकले उकालो लागेर १३ सय २६ को उचाइमा पुग्यो । कारोबार भएका सबैजसो समूह हरियो रहेसँगै नेप्सेमा दोहोरो अंकको सुधार आएको हो ।

बीमा समूहमा १ सय ८१ अंकको उच्च सुधार आयो । जलविद्युत् समूह पनि २२ अंक बराबरले उकालो लाग्यो । होटल समूह सामान्य अंकले रातो रह्यो भने अरु समूह पनि सामान्य अंकले हरियो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २३ कम्पनीको १९ लाख ७० हजार कित्ता शेयर ९३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।