Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


नागरिक लगानी कोषलाई बजार निर्माताकोरुपमा सक्रिय गराउन समिति गठन


0
Shares

काठमाडौं, चैत ४ । नागरिक लगानी कोषलाई बजार निर्माता/धितोपत्र डिलरको रुपमा सक्रिय गराउनको निमित्त नेप्सेको कारोबार प्रणाली अध्ययन गर्न धितोपत्र बोर्डले समिति गठन गरेको छ ।

बोर्डले हालको व्यवस्था तथा नेपाल स्टक एक्स्चेन्जको कारोबार प्रणालीको अध्ययन गरी के कसरी अगाडि बढ्न उपयुक्त हुन्छ सो सम्बन्धमा एक महिनाभित्र सुझाव पेश गर्नका लागि बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधिहरु सदस्य रहेको समिति गठन गरेको बोर्डले विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

चालु आर्थिक वर्षको बजेटमै ‘पूँजीबजारको संस्थागत् विकासका लागि धितोपत्रको दोस्रो बजार प्रभावकारी बनाउन नागरिक लगानी कोषलाई सक्रिय गराइनेछ’ भन्ने कार्यक्रम रहेको छ ।

उक्त कोषले सो कार्य गर्ने प्रयोजनको लागि अनुमति माग गर्दै आएको छ ।

अध्ययनबाट विद्यमान कारोबार प्रणालीको सफ्टवेयरमा देखिएको कमि कमजोरी पत्ता लागी उक्त कार्य अगाडि बढाउन सहज भइ धितोपत्र बजारमा उक्त कोषले संस्थागत् लगानीकर्ताकोरुपमा बजार निर्माता/धितोपत्र डिलरको काम गर्दा बजारमा स्थायित्व र विश्वसनीयता बढ्ने बोर्डले अपेक्षा गरेको छ ।