प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेस र मधेसी दल गएनन् • Image Khabar Image Khabar


प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेस र मधेसी दल गएनन्


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार १०:३३

प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेस र मधेसी दल गएनन्

काठमाडौं, चैत ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग शुक्रबार छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा एकीकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा मालेलगायतका दलका नेताहरु सहभागी थिए ।

छलफलमा सहभागी नेताहरुले चीनसँग पारवहन र अवरुद्ध नाकाहरु सुचारु गर्ने विषयमा सहमति गर्न सुझाव दिएका थिए ।

चीन भ्रमणलाई आर्थिक विकासमा केन्द्रित राख्न सुझाव दिएको एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेस, मधेस केन्द्रित दलहरु भने सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्