तिब्बतबाट विद्युत् आपूर्ति र रेलमार्ग जोड्नेमा मेरो विशेष ध्यान : प्रधानमन्त्री • Image Khabar Image Khabar


तिब्बतबाट विद्युत् आपूर्ति र रेलमार्ग जोड्नेमा मेरो विशेष ध्यान : प्रधानमन्त्री


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार १०:३७

तिब्बतबाट विद्युत् आपूर्ति र रेलमार्ग जोड्नेमा मेरो विशेष ध्यान : प्रधानमन्त्री

काठमाडौं, चैत ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चीन र भारतबीचको ‘ट्रान्जिट’कोरुपमा विकास गर्न पहलगर्ने बताएका छन् ।

व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले दुई छिमेकीमुलुक भारत र चीनलाई एक–अर्काविरुद्ध प्रयोग नगर्ने बताए ।

आगामी आइतबारदेखि चीन भ्रमणबारे शुक्रबार संसदीय समितिलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणक्रममा चीनतर्फका अवरुद्ध नाकाहरु र अन्य नाकाहरु खुलाउने तथा सडकहरुको स्तरोन्नति गर्ने विषयमा छलफल हुने बताए ।

तिब्बतबाट विद्युत् आपूर्ति र रेलमार्ग जोड्नेलगायतका विषयमा पनि आफ्नो ध्यान केन्द्रित हुने उनले बताए ।

बैठकमा सहभागी सांसदहरुले चीनसँगका नाका खोल्न र पारवहन सम्झौता गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्