मानवकंकाल भेटियो • Image Khabar Image Khabar


मानवकंकाल भेटियो


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ११:२४

मानवकंकाल भेटियो

युवराज रोइला

खोटाङ, चैत ५ । खोटाङको बाझेच्यानडाँडा गाउँ विकास समिति भित्रीकोप्चे वनमा पुरुषको जस्तो देखिने मानवकंकाल फेला परेको छ ।

अन्दाजी ४० देखि ४५ वर्षको पुरुषको कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

कंकाललाई परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा राखिएको छ ।

परिवारका सदस्य हराएकाहरुलाई सम्पर्क गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्