महाधिवेशन पछि पार्टीमा अनेक चुनौती आाउँछन : रेवतीप्रसाद भूसाल ,पूर्व केन्द्रीय सदस्य नेपाली कांग्रेस • Image Khabar Image Khabar


महाधिवेशन पछि पार्टीमा अनेक चुनौती आाउँछन : रेवतीप्रसाद भूसाल ,पूर्व केन्द्रीय सदस्य नेपाली कांग्रेस


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ११:४८

महाधिवेशन पछि पार्टीमा अनेक चुनौती आाउँछन : रेवतीप्रसाद भूसाल ,पूर्व केन्द्रीय सदस्य नेपाली कांग्रेस

नेपाली कांग्रेसका पूर्व केन्दीय सदस्य रेवतीप्रसाद भूसाल पूर्व पर्यटन राज्यमान्त्री पनि हुन । चार दशक लामो राजनीति गरेका भूसाल पार्टीमा निष्ठावान नेताका रुपमा परिचित छन् । आफुलाई कुनै गुटमा देखाउन नरुचाए पनि गिरिजाप्रसाद र सुशील कोइरालाका प्रिय मानिन्थे, भूसाल । प्रस्तुत छ , भूसालसंग महाधिवेशन केन्द्रित वार्ताको छोटो अंश ।
महाधिवेशनले त पार्टीमा थुप्रै गुटउपगुट सतहमा ल्याइीदयो त ?
यसलाई गुटउपगुट भन्नु मिल्दैन । लामो इतिहास बोकेको पुरानो र ठूलो पार्टीभित्र नेतृत्वमा जाने ईच्छा सबैलाई हुच्छ । आकाँक्षीहरु धेरै भए भन्दैमा पार्टीमा गुट धेरै रहेछन् भन्न सुहाउदैन ।
ईच्छाका भरमा पार्टीको नेतृत्वमा पुग्न सकिन्छ त ?
कांग्रेस लोकतान्त्रिक पार्टी हो । यसले नेतृत्वमा जान कसैलाई रोक्दैन । तर पार्टीको केन्द्रीय नेतृत्वको कुरा त हैसियतको कुरा पनि हो । पार्टीका आमकार्यकर्ताले विश्वास गर्नु पर्यो । चुनावबाट आउने नेतृत्वका लागि व्यक्ति सक्षम नभइ हुदैन । यसकारण रहरले नेतृत्वमा पुग्ने नपुग्ने भन्दा पनि क्षमता र पार्टीमा गरेको कामका आधारले पुग्ने हो ।
महाधिवेशन पछि पार्टी कस्तो होला ?
पार्टीले नयाँ नेतृत्व पाउँछ । पार्टीमा नयाँ उर्जा थपिन्छ । पार्टी अझ बलियो पनि हुन्छ । पार्टीमा अनेक चुनौती पनि आाउँछन् ।
के चुनौती देख्नु हुन्छ ?
मुलुकमा भएका सबै आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको छ । कांग्रेसकै कारण मुलकमा गाण्तन्त्र आयो ।संविधान कांग्रेसले जारी गर्यो । मुलुकले अझै सही गति लिन सकेको छैन । संविधान कार्यान्वयन गर्नु र मुलुकलाई आर्थिक उन्नती तर्फ लानु जस्ता चुनौती त छन नै अझ अनेक खाले देशी विदेशी चलखेलबाट कांग्रेसले देशलाई जोगाउनु पर्ने हुन्छ । कांग्रेसको काँधमा देश छ र देशले अझै कांग्रेसकै भर खोज्दै छ ।
तर , महाधिवेशनाको संधारमा पनि पार्टी एक नभएको जस्तो देखिदै छ , महाधिवेशन पछि त पार्टी झन गुटउपगुटको भासमा जान्छ भन्छन् नि ?
पार्टीका कार्यकर्ताले यस्तो चिन्ता गर्नु स्वभाविक हुन्छ । तर नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका व्यक्तिहरु छन् । उनीहरुले पार्टीलाई विगारेर आफु बनिन् चाहदैनन् । चुनाव हार्दैमा र जित्दैमा पार्टी कमजोर हुन्छ भन्ने होइन । जित्नेले पनि हार्नेले पनि पार्टी भित्रै हो राजनीति गर्ने । पार्टी बलियो भयो भने हामी बलियो हुने हो ।
महाधिवेशनमा तपाईको योजना के ?
योजना त महाधिवेशनलाई सफल बनाउने । पार्टीले खटाएको काम गर्ने हो । साथिहरुको सल्लाहले म पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिदै छु ।म ११औँ महाधिवेशनको कार्यकालमा केन्द्रीय सदस्य थिए । १२ औँ महाधिवेशनमा चाहना राखिन । अरु साथिलाई पनि अवसर दिनु पर्छ भन्ने लाग्यो । अहिले सबैको सल्लाह अनुसार उठ्दै छु ।
अहिले त केन्द्रीय सदस्यका आकाँक्षी पनि धेरै देखिदै छन् ?
यो सामान्य कुरा हो । कांग्रेस जस्तो पार्टीको केन्द्रीय समितिमा जान सबैलाई रहर त हुन्छ । पार्टीमा खटिएका । योगदान गरेका र नयाँ सोच विचारका मान्छेहरुलाई नेतृत्वमा पुर्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्