
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको ज्यान जानेगरी गरिएको हत्यामा प्रयोग भएको हतियार फेलापरेको छ ।
मृतक बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ–७, लिम्बा लुमाङ्दिननजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ ।
माखिमको शव पनि मिक्लाजुङ–७, लुमाङ्दिनमा रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो । उनको घर लुमाङ्दिनमा नै हो ।
खुकुरी रगतले लतपतिएको अवस्थामा रहेकाले माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
माखिमको शव सामूहिक हत्याकान्ड भएको स्थान आरुबोटे ल्याइँदैछ ।
खाजामा सिसाको धुलो
यसअघि, यही जेठ ४ गते पनि आरुबोटेमा भएको एक तालिममा सहभागीहरुले खाएको खाजामा सिसाको धुलो मिसिएको भेटिएको थियो ।
सोमबार राति हत्या गरिएकी जस्मिता फियाकको घरमा भएको सो तालिममा सहभागीहरुमध्ये ८ जना बिरामी परेका थिए ।
खाजा बनाउन प्रयोग गरिएको नुनमा सिसा मिसाएको भेटिएको थियो । घटनाका विषयमा प्रहरीले अझै अनुसन्धान जारी रहेको जनाएको छ ।
योपनि पढ्नोस्
प्रतिक्रिया दिनुहोस्