 
	    काठमाडौं, चैत ८ । राजनीतिक दलहरुबीचको विवादका कारण व्यवस्थापिका–संसदको नियमावलीलाई मतदानबाट टुंग्याइने भएको छ ।
संसदको नियमावली बनाउन गठित नियमावली मस्यौदा समितिमा संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्यालाई लिएर विवाद बढेपछि मतदानबाट टुंग्याउने निश्चित भएको हो ।
नेपाली कांग्रेसलगायतका साना दलहरु पुरानै ७५ सदस्य रहेको सुनुवाइ समिति कायम गर्नुपर्ने पक्षमा रहेका छन् भने नेकपा एमाले र एकीकृत माओवादी नयाँ संविधानकोे व्यवस्थाअनुसार १५ सदस्यीय सुनुवाइ समिति गठन गर्नुपर्ने अडानमा रहेका छन् ।
सुनुवाइ समितिको सदस्य संख्यामै ठूलो विवाद देखिएपछि आगामी १७ गते बस्ने बैठकमा मतदानमार्पmत् विवाद निरुपण गर्न लागिएको एमाले सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्