होलीमा उच्छृंखल गतिविधि गर्ने दुई सय बढी पक्राउ • Image Khabar Image Khabar


होलीमा उच्छृंखल गतिविधि गर्ने दुई सय बढी पक्राउ


Imagekhabar
९ चैत्र २०७२, मंगलवार ११:४५

होलीमा उच्छृंखल गतिविधि गर्ने दुई सय बढी पक्राउ

अपडेटः
काठमाडौं, चैत ९ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेक्रममा उच्छृंखल गतिविधि गर्ने दुई सयभन्दा बढीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने १७ सय ३८ भन्दा बढी सवारी–साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेमा अधिकांश मादकपदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाउने र सवारीचालक अनुमतिपत्र बिना चलाउनेहरु रहेका जनाइएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरी महाशाखामा राखिएको छ ।

मंगलबार दिनभर उपत्यकाका ५५ स्थानमा चेकजाँच राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्