८० लाख बराबरको सी–माला, मृगको टाउकोसहित राई समातिए (फोटोफिचर) • Image Khabar Image Khabar


८० लाख बराबरको सी–माला, मृगको टाउकोसहित राई समातिए (फोटोफिचर)


Imagekhabar
९ चैत्र २०७२, मंगलवार ११:५८

८० लाख बराबरको सी–माला, मृगको टाउकोसहित राई समातिए (फोटोफिचर)

राजन राई
भोजपुर, चैत ९ । जिल्ला प्रहरी कार्यालय भोजपुरले लागूपदार्थ तथा अवैध सामग्रीसहित पक्राउ परेका जरायोटार गाविस–२ का धनबहादुर राईलाई मंगलबार सार्वजनिक गरेको छ ।

राईको साथबाट ८० लाख रुपैयाँ मूल्य बराबरको सी–माला २ थान, ६ सय ग्राम गाँजाको धुलो, मृगको छाला एकथान, सिंगसहितको एउटा मृगको टाउको र र बाघको छाला एकथान बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा प्रहरीले राईको घर र गोठमा खानतलासी गर्दा ती अवैध सामग्री फेलापरेको प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए ।

प्रतिक्रिया दिनुहोस्