न्यायालयलाई सम्पन्न बनाउने दायित्व सरकारको : प्रधानन्यायाधीश • Image Khabar Image Khabar


न्यायालयलाई सम्पन्न बनाउने दायित्व सरकारको : प्रधानन्यायाधीश


Imagekhabar
१० चैत्र २०७२, बुधबार ०९:०४

न्यायालयलाई सम्पन्न बनाउने दायित्व सरकारको : प्रधानन्यायाधीश

काठमाडौं, चैत १० । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउने दायित्व सरकारको भएको बताएका छन् ।

पुनरावेदन अदालत पाटन एनेक्स भवनको बुधबार पुल्चोकमा शिलान्यास गर्दै उनले न्यायसेवा बलियो भए सबै सेवा प्रभावकारी हुने बताए ।

अदालती सेवा कमजोर भए मुलुक र अन्य सेवा पनि कमजोर हुने भन्दै उनले अनुशासन कायम गर्न अदालतको भूमिका महत्वपूर्ण हुने बताए ।

न्यायलायलाई कतैबाट आँच आउन नदिनका लागि सबै सजग हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलले अदालतलाई विशेष प्रविधियुक्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रत्येक प्रदेशमा एउटा उच्च सुविधासम्पन्न अदालत स्थापना हुने भन्दै उनले न्यायलयलाई निश्पक्ष र प्रभावकारी बनाउनुपर्ने बताए ।

३५ करोड ८९ लाख रुपैयाँको लागतमा बन्न लागेको भवन निर्माण अढाइ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्