
जितेन्द्र भण्डारी
पाँचथर, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको हत्या भएको छ ।
पाँचथरका डिएसपी नरेन्द्र कुँवरका अनुसार दुई परिवारका ९ जनाको गएराति हत्या भएको हो । एक परिवारका ५ र अर्को परिवारको ४ जनाको हत्या भएको उनले बताए ।
धनराज शेर्माको परिवारका ५ जना र बमकुमार फियाकको परिवारका ४ जनाको हत्या भएको छ ।
मृतकमध्ये ६ पुरुष र ३ महिला छन् । एक बालिका घाइते रहेको बताइएको छ ।
सदरमुकामबाट डिएसपी नरेन्द्र कुँवरकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
हत्या कसले र किन गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते बालिकालार्ई उपचारका लागि सदरमुकाम ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्