कांग्रेस संसदीय दलको नेता चुन्नेसम्बन्धमा आज बैठक बस्ने • Image Khabar Image Khabar


कांग्रेस संसदीय दलको नेता चुन्नेसम्बन्धमा आज बैठक बस्ने


Imagekhabar
१४ चैत्र २०७२, आईतवार ०२:५९

कांग्रेस संसदीय दलको नेता चुन्नेसम्बन्धमा आज बैठक बस्ने

काठमाडौं, चैत १४ । नेपाली कांग्रेसको रिक्त रहेको संसदीय दलको नेता निर्वाचनका सन्दर्भमा छलफल र निर्णयका लागि आज निर्वाचन समितिले छलफल गर्दैछ ।

संसदीय दलको विधान नयाँ संविधान र कांग्रेस विधानको संशोधित प्रावधान अनुरुप नहुँदा रिक्त रहेको दलको नेतादेखि कार्यसमिति चयनमा अफ्ठ्यारो परेको छ ।

समितिलाई परेको अफ्ठ्यारो फुकाउने प्रबन्ध खोज्ने गरी आज बैठक बस्न लागेको हो । सदस्य गुरुराज घिमिरेका अनुसार संविधान र कांग्रेसको संशोधित विधान अनुसार पार्टीको महाधिवेशन नै प्रदेशको ढाँचामा गरिएकाले संसदीय दलको विधानमा पनि ती प्रबन्धहरु मिलान गर्नुपर्ने भएको हो ।

त्यसका लागि विधानमा आवश्यक संशोधनका लागि सुरुमा संसदीय दलको बैठक बस्नुपर्ने र दलको सिफारिशका आधारमा केन्द्रीय समितिको बैठकले मात्र संसदीय दलको विधान संशोधन गर्न सक्ने छ ।

दलको नेता र अरु पदको निर्वाचन गराउनका लागि नेता रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ ।

दलका नेता सुशील कोइरालाको पार्टी महाधिवेशनकै क्रममा निधन भएपछि उक्त पद रिक्त रहेको हो ।

दलको नेता बन्न सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले आ–आफ्नो लबिङ तीब्र पारेका छन् । दुबै नेताले आफ्नो पक्षमा मत दिन सांसदहरुलाई आग्रह गर्दै भेटघाट बाक्लो बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्