दुर्घटनामा परी पीके क्याम्पसकी पूर्व स्ववियू सभापतिको निधन • Image Khabar Image Khabar


दुर्घटनामा परी पीके क्याम्पसकी पूर्व स्ववियू सभापतिको निधन


Imagekhabar
१५ चैत्र २०७२, सोमबार ०७:०२

दुर्घटनामा परी पीके क्याम्पसकी पूर्व स्ववियू सभापतिको निधन

बारा, चैत १५ । पथलैया–अमलेखगञ्ज सडक खण्डमा आज विहान भएको गाडी दुर्घटनामा पद्यकन्या(पिके) क्याम्पसकी पूर्व स्ववियु सभापतिको निधन भएको छ ।

पद्यकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति लालकुमारी पोखरेल चढेको कारलाई विपरित दिशाबाट आएको बसले ठक्कर दिँदा उनीसहित अर्का एकजनाको पनि मृत्यु भएको छ ।

दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । पथलैयाबाट अमलेखगञ्ज जाँदै गरेको कार र काठमाडौबाट पथलैया जाँदै गरेको बस एकापसमा ठोक्किँदा कारमा रहेका उदयपुर–२ कटारीका पोखरेल र काभ्रे महादेवस्थान–१ घर भई हाल काठमाडौ पेप्सीकोला बस्ने धु्रव कार्कीको मृत्यु भएको हो ।

घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्