पोखरामा दिउँसै अँध्यारो, भीषण असिना पानी (भिडियोसहित) • Image Khabar Image Khabar


पोखरामा दिउँसै अँध्यारो, भीषण असिना पानी (भिडियोसहित)


Imagekhabar
१५ चैत्र २०७२, सोमबार १०:४६

पोखरामा दिउँसै अँध्यारो, भीषण असिना पानी (भिडियोसहित)

प्रदीप पौडेल

पोखरा, चैत १५ । पोखरामा सोमबार दिउँसो भीषण असिना पानी परेको छ ।

सोमबार दिउँसो साढे एक बजेदेखि परेको असिना पानीले पोखरासहित कास्की जिल्लाकै जनजीवन प्रभावित भएको छ । असिना पानी परेपछि पोखरामा दिउँसै अँध्यारो भएको थियो ।

खराब मौसमका कारण दुई दिनयता सन्चालन हुन नसकेको हवाई सेवा सोमबार बिहान सुचारु भएपनि असिना पानी परेपछि फेरि रोकिएको छ ।

असिनाले तरकारी बालीमा पनि नोक्सान गरेको किसानले बताएका छन् । जिल्ला कृषि कार्यालयका प्रमुख रमेश कोइरालाले हेम्जा, भलाम, अर्मला, मिजुरे, लेखनाथलगायतका स्थानमा गरी दुई करोड बढी मूल्यको तरकारी नस्ट भएको बताए ।

आइतबार बेलुकी परेको असिनापानीले पोखरा र आसपासका गाउँमा क्षति पुर्‍याएकोमा सोमबारको असिनाले थप क्षति पुर्‍याएको हो ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्