काठमाडौंमा व्यापक हुरी–बतास, मानिसहरुको भागदौड (भिडियोसहित) • Image Khabar Image Khabar


काठमाडौंमा व्यापक हुरी–बतास, मानिसहरुको भागदौड (भिडियोसहित)


Imagekhabar
१५ चैत्र २०७२, सोमबार ११:१३

काठमाडौंमा व्यापक हुरी–बतास, मानिसहरुको भागदौड (भिडियोसहित)

काठमाडौं, चैत १५ । काठमाडौं उपत्यकामा सोमबार अपराह्न भीषण हुरी–बतास चलेको छ ।

अपराह्न ४ बजेपछि एक्कासि तीव्रगतिमा चलेको हुरीले धुलो उडाउँदा राजधानी उपत्यका अन्धकार भयो भने जनजीवन पनि नराम्रोसँग प्रभावित भयो । हुरीका कारण मानिसहरुमा भागदौड मच्चिएको थियो ।

यस्तै, सडकमा चलेका सवारी–साधन रोकिएका थिए भने रोकिएका मोटरसाइकलसमेत हुरीले ढलाएको थियो ।

थुप्रै स्थानमा रुखका हाँगा भाँच्चिएका छन् भने बिजुली तथा टेलिफोनका तारहरु पनि पोलबाट लत्रिएका छन् ।

हुरी बतास र एक्कासि बढेको अँध्यरोका कारण त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा बाह्य दुबै उडान तथा अवरण अवरुद्ध भएका छन् ।

बाहिरबाट काठमाडौंतर्फ आइरहेका अन्तर्राष्ट्रिय उडानका विमानहरु लामो समय आकाशमै होल्ड भएको विमानस्थल प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्