
काठमाडौं, चैत १५ । नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटकोक्रम अघि बढेपछि नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्य तथा सांसदहरुको भेला आयोजना गरेका छन् ।
सोमबार बोहोराटारस्थित आफ्नै निवासमा डाकिएको भेलाका सहभागीहरुले पौडेललाई संसदीय दलको नेतृत्व लिन आग्रह गरेका थिए ।
भेलामा बोल्ने अधिकांश सांसदहरुले उचितरुपमा जिम्मेवारी बाँडफाँड नभएसम्म पार्टीभित्र एकता कायम हुन नसक्ने भन्दै सर्वसम्मत्रुपमा दलको नेतृत्वका लागि सभापति शेरबहादुर देउवासँग छलफल गर्नपनि पौडेललाई आग्रह गरेका छन् ।
पौडेलले सभापति देउवालाई भेटेर सहयोगका लागि आग्रह गरेपनि ठोस जवाफ नदिएको बताए ।
बैठकमा सहभागी नेता दिलेन्द्रप्रसाद वडूले पार्टीलाई एकजुट बनाउन पौडेललाई संसदीय दलको नेता बनाउनुको विकल्प नभएको जिकिर गरे ।
पौडेलसँगै सभापति देउवा पनि संसदीय दलको नेता बन्ने तयारीमा लागेका छन् ।
देउवाले पौडेललाई दुईपटक भेटेर संसदीय दलमा आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् ।
कांग्रेस संसदीय दलको निर्वाचन यही चैत २४ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्