‘नेपाललाई आगामी पाँच वर्षभित्र विकासशील राष्ट्र बनाउनुपर्छ’ • Image Khabar Image Khabar


‘नेपाललाई आगामी पाँच वर्षभित्र विकासशील राष्ट्र बनाउनुपर्छ’


Imagekhabar
१५ चैत्र २०७२, सोमबार १३:२७

‘नेपाललाई आगामी पाँच वर्षभित्र विकासशील राष्ट्र बनाउनुपर्छ’

बुटवल, चैत १५ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत र चीन भ्रमणकाक्रममा भएका सम्झौताबाट नेपालले आर्थिकलाभ लिन सक्नुपर्ने बताएका छन् ।

राप्रपा नेपालले सोमबार बुटवलमा आयोजना गरेको हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्दै थापाले ‘छिमेकी दुई मुलुक भारत र चीनसँग भएका आर्थिक, व्यापारिक र पारवहन सम्झौता कार्यान्वन गरी नेपाललाई आगामी पाँच वर्षभित्र विकासशील राष्ट्र बनाउनुपर्छ’–भने ।

मुलुकलाई आर्थिक समृद्विको बाटोमा अघि बढाउन सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्