पुनःनिर्माणलाई तीव्रता देऊ, अबको १५ महिनाभित्र मेलम्ची आयोजना सम्पन्न हुन्छ : एडीबी उपाध्यक्ष • Image Khabar Image Khabar


पुनःनिर्माणलाई तीव्रता देऊ, अबको १५ महिनाभित्र मेलम्ची आयोजना सम्पन्न हुन्छ : एडीबी उपाध्यक्ष


Imagekhabar
१५ चैत्र २०७२, सोमबार १४:०९

पुनःनिर्माणलाई तीव्रता देऊ, अबको १५ महिनाभित्र मेलम्ची आयोजना सम्पन्न हुन्छ : एडीबी उपाध्यक्ष

काठमाडौं, चैत १५ । एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष ओनछाइ चुङले आर्थिक पुनःउत्थानका लागि पुनःनिर्माणलाई तीव्रता दिन सुझाव दिएका छन् ।

एडीबीको सहयोगमा निर्माणाधीन परियोजनाको अवस्थाबारे जानकारी लिन नेपाल आएका उपाध्यक्ष चुङले भूकम्पपछिको आर्थिक विकासका लागि पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औल्याएका हुन् ।

एडीबीले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले विकास साझेदारको सहयोगमा सन्चालित कार्यक्रमको कार्यान्वयनमा पनि जोड दिए ।

उनले विकासका परियोजना समयमै सम्पन्न गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए ।

एडीबीले भूकम्पलगत्तै प्रधानमन्त्री राहत कोषमा ३ अर्ब सहयोग गरेको थियो भने पुनःनिर्माणका लागि २० अर्ब सहुलियतमा ऋण उपलब्ध गराएको छ ।

यस्तै, बैंकले विद्यालय पुनःनिर्माणका लागि १ करोड ५० लाख डलर अनुदान सहयोग गरेको छ भने नेपाल सरकारले माग गरेमा थप सहयोग गर्न तयार रहेको एडीबीले जनाएको छ ।

उपाध्यक्ष चुङले एडीबीको लगानीमा निर्माणाधीन मेलम्ची खानेपानी परियोजना सन् २०१७ को मेसम्ममा सम्पन्न हुने जानकारी गराए ।

उपाध्यक्ष चुङले मेलम्ची निर्माणका स्थलगत् अवलोकनपछि २०१७ को मेमा आयोजना सम्पन्न हुने बताएका हुन् ।

एडीबीले उर्जा क्षेत्रमा थप सहयोग गर्ने जनाएको छ ।

बैंकले २५ मेगावाटको सौर्यउर्जा, जलाशययुक्त दुई आयोजना ३ सय मेगावाटको दूधकोसी र ४ सय १० मेगावाटको निलसिङ गाड परियोजनामा थप सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्