१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


देउवा निवासमा चुरे भावरका नेता


0
Shares

काठमाडौं, चैत १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा चुरे भावर राष्ट्रिय एकता पार्टीका नेताहरु पुगेका छन् ।

अध्यक्ष बद्री न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवासमक्ष विगतमा सरकार र चुरे भावरबीच भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो ।

जवाफमा देउवाले आफू कांग्रेस सभापतिमात्र भएको जिकिर गर्दै विगतका सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको रहेको बताएका थिए । यद्यपि आफू विगतमा भएका सहमतिबाट पछि नहट्ने उनको भनाई थियो ।

सभापति देउवाले नयाँ संविधान कार्यान्वयनमा चुनौति रहेको भन्दै संविधान कार्यान्वयनमा सहयोग गर्न चुरेभावर पार्टीसँग पनि आग्रह गरेका थिए ।