अतिक्रमण गरी बनाइएका घरटहरामा प्रहरीले आगो लगायो • Image Khabar Image Khabar


अतिक्रमण गरी बनाइएका घरटहरामा प्रहरीले आगो लगायो


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार ०६:१६

अतिक्रमण गरी बनाइएका घरटहरामा प्रहरीले आगो लगायो

कञ्चनपुर, चैत १६ । कञ्चनपुरको महेन्द्रनगरस्थित सालाघारीमा जग्गा अतिक्रमण गरी बसेका मजदुरका घरटहरा प्रहरी प्रशासनले आज भत्काएको छ ।

महेन्द्रनगर नगर विकासको जग्गामा अनाधिकृत रुपमा आफूखुशी अतिक्रमण गरी घरटहरा बनाएकाले प्रहरी प्रशासनले झण्डै ४० भन्दा बढी घरटहरामा आगो लगाई भत्काएको हो ।

जग्गाको माग गर्दै २ दशकदेखि आन्दोलनरत मजदूरले एकसाता अघि सालघारीमा अवैध तरिकाले जग्गा अतिक्रमण गरि घरटहरा निर्माण गरेका थिए ।

नगर विकास समितिले यसअघि नै प्रतिपरिवार १० धुरका दरले जग्गा दिने निर्णय गरे पनि हालसम्म जग्गा नदिएपछि आफूहरुले जग्गा अतिक्रम गरी टहरा बनाएको पीडितको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्