चीनसँगको सम्झौताले भारतमाथिको निरर्भरता घटाउने एमालेको ठहर • Image Khabar Image Khabar


चीनसँगको सम्झौताले भारतमाथिको निरर्भरता घटाउने एमालेको ठहर


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार १२:३०

चीनसँगको सम्झौताले भारतमाथिको निरर्भरता घटाउने एमालेको ठहर

काठमाडौं, चैत १६ । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणकाक्रममा चीनसँग भएको सम्झौताको स्वागत् गरेको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले चीनसँगको सहमतिले भारतमाथिको निरर्भरता घटाउने ठहरसमेत गरेको छ ।

सम्झौतालाई दृढतापूर्वक कार्यान्वयन गर्नसमेत प्रधानमन्त्रीलाई ओलीलाई बैठकले सुझाव दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

विभागहरुको गठनलगायतका विषयमा छलफल गर्न बुधबार बिहान ८ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्