३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


ऐश्वर्य बालगृहकी सन्चालक पक्राउ


0
Shares

काठमाडौं, जेठ ६ । काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहकी सन्चालक निर्मला घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका लागि अदालतबाट म्याद थपसमेत गरिएकी उनीमाथि बालबालिका कसुर ऐन २०७५ अन्तर्गत् मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

स्वास्थ्य उपचारकाक्रममा रहेकी उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक बयानमा उनले आफ्नो संस्थामा रहेका बालबालिकाको संख्यासमेत जानकारी नभएको बताएको पनि प्रहरीले जनाएको छ ।

यता, सो बालगृहबाट उद्धार गरी विभिन्न संघ–संस्थामा राखिएका बालबालिकाका अभिभावकहरु सम्बन्धित संस्थामा पुगेका छन् ।

गएको बुधबार सुकेधारास्थित ऐश्वर्य बालगृहबाट १२२ जना बालबालिकालाई उद्धार गरिएको थियो ।

यो पनि पढ्नोस्

बालगृहमा बालबालिकाको बिजोग (भिडियो)