काठमाडौं, जेठ ६ । गायक निर्मल पनेरु नयाँ गीत लिएर स्रोता–दर्शकमाझ आएका छन् ।
उनको ‘म जन्मिँदा…’ बोलको गीत हालैमा सार्वजनिक भएको हो । म्यूजिक भिडियोसहितको गीत युट्युबमार्फत् ल्याइएको हो ।
‘म जन्मिँदा भावी सायद थियो हतारमा
भाग्य लेख्नै बिर्सिएछ मेरो निधारमा’
शीतल कादम्बिनीले लेखेको गीत पनेरुले गाएका हुन् । गीतमा हरि लम्सालको संगीत रहेको छ ।
निकेश खड्काले म्यूजिक भिडियो निर्देशन गरेका हुन् । मिलन कार्कीको अभिनय देख्न सकिन्छ ।
पनेरु नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन् । उनी अहिले प्रहरी प्रधान कार्यलयमा कार्यरत् छन् । ६ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उनले यसअघि ‘प्रतिक्षा’ बोलको गीतमा आवाज दिइसकेका छन् । नेपाल प्रहरीको संगठनात्मक गीतसमेत उनले गाएका छन् ।




प्रतिक्रिया दिनुहोस्