१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


सहअध्यक्ष विष्ट अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट


0
Shares

काठमाडौं, चैत १७ । राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

सहअध्यक्ष विष्टले मंगलबार विज्ञप्ति जारी गरी नेतृत्व तहबाट पार्टीको नीति र सिद्धान्त पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले गत असोज ३ गते संविधान जारी भएपछि जातीय, क्षेत्रीय, धार्मिकलगायतका विषयमा देश विभाजित भएको भन्दै यस्तो अवस्थामा संविधान स्वीकारेर सरकारमा बस्न नसकिने स्पष्ट पारेका छन् ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको सवालमा मुलुकको राजनीति नराम्ररी विभाजित भएको उनको निष्कर्ष छ ।

विष्टले पार्टीको खास जोगाउन तत्काल सरकारबाट बाहिरिनुपर्ने, जनमतको सम्मान गर्नुपर्नेलगायतका माग राखेका छन् ।