९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


कांग्रेस विधान संशोधन गरेर अगाडि बढ्ने


0
Shares

काठमाडौं, चैत १७ । नेपाली कांग्रेसको शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचनअघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय गरेकोे छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा बुधबार भएको नेताहरुको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचनअघि विधान संशोधन गरेर अगाडि बढ्नेबारेमा छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो ।

यसअघि, निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनिएको थियो । रासस

फाइल फोटो