बुधबार पनि नेप्से घट्यो • Image Khabar Image Khabar


बुधबार पनि नेप्से घट्यो


Imagekhabar
१७ चैत्र २०७२, बुधबार १३:०७

बुधबार पनि नेप्से घट्यो

काठमाडौं, चैत १७ । बुधबार पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो ।

यसदिन नेप्से ७ अंकले झरेर १३ सय ६२ बिन्दूमा आइपुग्यो । अघिल्ला दुई दिन पनि नेप्से झरेको थियो ।

यसदिन बीमा समूह सबैभन्दा उच्च १ सय १७ अंकले घट्यो । यस्तै, वाणिज्य बैंक समूह ८ अंकले घट्यो भने विकास बैंक समूहमा पनि साढे २ अंकको गिरावट आयो । जलविद्युत्, होटल र बीत्त समूह सामान्य अंकले बढे भने अन्य समूह स्थीर रह्यो ।

यसदिन १ सय २३ कम्पनीको ९ लाख ५८ हजार बराबर कित्ता शेयर ६९ करोड ७९ लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्