हिमालय एअरलाइन्सको ‘प्रुभिङ फ्लाइट’ सम्पन्न • Image Khabar Image Khabar


हिमालय एअरलाइन्सको ‘प्रुभिङ फ्लाइट’ सम्पन्न


Imagekhabar
१७ चैत्र २०७२, बुधबार १३:३६

हिमालय एअरलाइन्सको ‘प्रुभिङ फ्लाइट’ सम्पन्न

काठमाडौं, चैत १७ । हिमालय एअरलाइन्सले काठमाडौं–दिल्ली–काठमाडौं रुटमा सफल ‘प्रुभिङ फ्लाइट’ गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदन्ड बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नियमानुसार क्यानका निरीक्षकहरुको सुपरिवेक्षणमा बुधबार पु्रभिङ फ्लाइट भएको कम्पनीले जनाएको छ ।

नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो गन्तव्य नयाँदिल्ली र कतार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्