 
	    काठमाडौं, चैत १७ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ७७–३६ ले हरायो ।
नेपालको जितमा स्नेहा श्रेष्ठले २४ स्कोर गरिन् । स्नेहाले बंगलादेशविरुद्धको खेलमा २६ स्कोर गरेकी थिइन् ।
चौथो क्वार्टरमा १२–१७ ले पछि परेको नेपाल त्यसअघिका क्वार्टरमा भने निकै अगाडि थियो ।
नेपालले पहिलोमा २२–०, दोस्रोमा १९–१३ तथा तेस्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।
प्रतियोगितामा श्रीलंकाले पनि लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो दिन माल्दिभ्सलाई हराएको श्रीलंकाले दोस्रो बुधबार दिन भुटानलाई ११२–३१ ले पराजित गर्यो ।
प्रतियोगिताअन्तर्गत् बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीचको खेल हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्