भर्‍याङबाट लडेर डा. महत घाइते • Image Khabar Image Khabar


भर्‍याङबाट लडेर डा. महत घाइते


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार ०८:३९

भर्‍याङबाट लडेर डा. महत घाइते

काठमाडौं, चैत १८ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महत घरको भर्‍याङबाट लडेर घाइते भएका छन् ।

बुधबार दिउँसो लडेर घाइते भएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

भर्‍याङबाट चिप्लिएर लडेका डा. महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा. महतका सहयोगी रमेश महतले जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्रान्डी अस्पताल पुगी डा. महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । रासस

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्