
काठमाडौं, जेठ ६ । गलत रगत दिएका कारण गएको वैशाख २३ गते ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया बालिका आकृतिकुमारी साहको शव पोस्टमार्टम गरिएको छ ।
परिवारको स्वीकृतिमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पोस्टमार्टम गरिएको हो ।
आकृतिका आफन्त सुरेन्द्र यादवले नेपाल मेडिकल काउन्सिलको आग्रहमा पोस्टमार्टम गर्न पठाएको बताए ।
घटनाको छानबिन गरी सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान परिवारले लिएपछि आकृतिको शव १५ दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो ।
महानगरीय प्रहरी कार्यालय महाराजगन्जले भने अझैसम्म आकृतिको मृत्युसम्बन्धी मुद्दा दर्ता गर्न मानेको छैन ।
तर, मेडिकल काउन्सिलले अनुसन्धानका लागि पनि शव पोस्टमार्टम आवश्यक रहेको भनेपछि पोस्टमार्टमका लागि स्वीकृति दिएको परिवाजनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्