३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


०७३ सालमा तीन दसैं, पढ्नोस्, कुन चाडपर्व कहिले ?


0
Shares

काठमाडौं, चैत १९ । हिन्दू धर्मावलम्बीले आगामी २०७३ सालमा तीनओटा दसैं मनाउन पाउने भएका छन् ।

आउँदो २०७३ सालमा बडादसैं असोज २५ मा परेको छ ।

यस्तै, २०७२ सालको चैतेदसैंसमेत २०७३ साल वैशाख ३ गते र २०७३ को चैतेदसैं चैत २३ गते परेको हुँदा एकै वर्ष हिन्दू धर्मावलम्बीले तीनओटा दसैं मनाउन पाउने भएका हुन् ।

तीनवटा दसैंसहितको नयाँ वर्षको पात्रो सरकारले बिहीबार नेपाल राजपत्रमा सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदाका दिनसमेत केही दिनअघि स्वीकृत गरेपछि बिहीबार दसैंसहित महत्वपूर्ण चाडपर्वको सूची प्रकाशित भएको हो ।

त्यस्तै, राजपत्रमा जनाइअनुसार रामनवमी आगामी वैशाख ३, महावीर जयन्ती–वैशाख ७, मातातीर्थ औंसी–वैशाख, २४, अक्षय तृतीया–वैशाख २७, बुद्धजयन्ती–जेठ ८, गुरुपूर्णिमा–साउन ४, नागपञ्चमी–साउन २३, जनैपूर्णिमा–भदौ २, कुसेऔंसी–भदौ १६, ईन्द्रजात्रा–भदौ ३०, हरितालिका तीज–भदौ १९, ऋषिपञ्चमी–भदौ २१, घटस्थापना–असोज १५, महाअष्टमी–असोज २३, महानवमी–असोज २४, विजयादशमी–असोज २५ र कोजाग्रत–पूर्णिमा असोज २९ मा परेका छन् ।

त्यस्तै, कागतिहार–कात्तिक १२, भाइटीका–कात्तिक १६, छठपर्व–कात्तिक २१, बालाचतुर्दशी–मंसिर १३, धान्यपूर्णिमा–मंसिर २८, विवाहपञ्चमी–मंसिर १९, शिवरात्रि–फागुन १३, फागुपूर्णिमा–फागुन २९ र ३०, घोडेजात्रा–चैत १४ र रामनवमी–चैत २३ गते गरेका छन् । रासस