सशस्त्र सेमिफाइनलमा • Image Khabar Image Khabar


सशस्त्र सेमिफाइनलमा


Imagekhabar
१९ चैत्र २०७२, शुक्रबार १३:३६

सशस्त्र सेमिफाइनलमा

बुटवल, चैत १९ । सशस्त्र प्रहरी बुटवलमा जारी प्रथम सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा सशस्त्रले घरेलु टिम खनाल ब्रदर्सलाई पेनाल्टी सुट आउँटमा ३–२ ले हराउँदै अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

खेलको २८औं मिनेटमा सशस्त्रका चुडामणि चौधरीले गोल गर्दै अग्रता लिए पनि खनाल ब्रदर्सका लागि खेलको ६७औं मिनेटमा भिक्टरले गोल गर्दै टिमलाई १–१ को बराबरीमा पुर्‍याएका थिए ।

निर्धारित् समयको खेल १–१ को बराबरी भएपछि खेलको नतिजा ‘टाइबेकर’मार्फत् भएको हो ।

प्रतियोगिताअन्तर्गत् शनिबार सुनौलो संगम युवा क्लब र पश्चिमाञ्चल प्रहरी टिमबीचको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्