३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


ट्रयाक्टर दुर्घटनामा ८ जना घाइते


0
Shares

रामेछाप, चैत २० । रामेछापको साघुँटार गाविसस्थित बाँकीमेरीमा शनिबार भएको ट्रयाक्टर दुर्घटनामा आठजना घाइते भएका छन् ।

ना३प २८८० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर छ ।

बाँकीमेरीबाट कमलावारीतर्फ निर्माण सामग्री लिन गइरहेको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।