सार्क महिला बास्केटबलः नेपाल उपविजेतामै सीमित • Image Khabar Image Khabar


सार्क महिला बास्केटबलः नेपाल उपविजेतामै सीमित


Imagekhabar
२० चैत्र २०७२, शनिबार १३:१८

सार्क महिला बास्केटबलः नेपाल उपविजेतामै सीमित

काठमाडौं, चैत २० । काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण महिला बास्केटबल प्रतियोगितामा नेपाल उपविजेतामै समेटिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको उपाधि भिडन्तमा नेपाल श्रीलंकासँग ७५–४९ ले पराजित भएको हो ।

यसअघिका खेलमा माल्दिभ्स, भुटान र बंगलादेशमाथि शानदार जित हासिल गरेको नेपालले श्रीलंकासामु भने फितलो प्रदर्शन गर्‍यो ।

पहिलो क्वार्टरमा १५–११ ले पछि परेको नेपाल दोस्रो क्वार्टरमा २०–१३ को प्रदर्शनमा समेटियो ।

तेस्रो क्वार्टरमा सुधारोन्मुख प्रदर्शन गर्नेक्रममा १७–१६ ले पछि परेको नेपाल अन्तिम क्वार्टरमा भने २३–९ को निराशाजनक प्रदर्शनसँगै ७५–४९ को फराकिलो हार ब्यहोरेको हो ।

नेपालका लागि भावना लामाले सर्वाधिक ११ स्कोर गरिन् ।

यो हारसँगै नेपाल एसियाली महिला बास्केटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्