कास्कीलाई हराउँदै झापा सेमिफाइनलमा • Image Khabar Image Khabar


कास्कीलाई हराउँदै झापा सेमिफाइनलमा


Imagekhabar
२० चैत्र २०७२, शनिबार १३:३७

कास्कीलाई हराउँदै झापा सेमिफाइनलमा

झापा, चैत २० । झापा–११ रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार झापाको डोमलाल राजवंशी रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा कास्की–११ लाई ३–२ ले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो ।

झापाका लागि गणेश खड्का, दिलेन लोक्ताम र कर्ण लिम्बुले एक–एक गोल गरे ।

कास्कीका सुशील लामा र उत्तम गुरुङले एक–एक गोल फर्काए ।

प्रतियोगिताअन्तर्गत्को दोस्रो क्वार्टरफाइनलमा आइतबार त्रिभुवन आर्मी र नेपाल प्रहरी क्लब भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्