सुनको मूल्यमा सामान्य उतार–चढाव • Image Khabar Image Khabar


सुनको मूल्यमा सामान्य उतार–चढाव


Imagekhabar
२० चैत्र २०७२, शनिबार १३:४८

सुनको मूल्यमा सामान्य उतार–चढाव

काठमाडौं, चैत २० । यो साता सुनको मूल्यमा सामान्य उतार–चढाव कायम रह्यो ।

साताको सुरुको दिन आइतबार स्थानीय बजारमा तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साताको मध्यतिर सामान्य उकालो लागी अन्त्यतिर भने सामान्य ओरालो लाग्यो ।

शुक्रबार ५४ हजार रुपैयाँमा कारोबार भयो ।

सुनको मूल्य सामान्य उतार–चढाव हुनुमा जापानलगायत प्रमुख युरोपेली देशहरुमा रहेको ऋणात्मक बैंक ब्याजदर नै प्रमुख कारण रहेको विश्लेषण गरिएको छ ।

तर, नेपाली बजारमा भने कमजोर डलरको सतही मूल्यले गर्दा सुनको भाउमा बृद्धि हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सामान्य ओरालो लाग्यो ।

प्रतिक्रिया दिनुहोस्